आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नु लाग्नुपर्छ : अर्थमन्त्री शर्मा

उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नु लाग्नुपर्छ : अर्थमन्त्री शर्मा

'निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य छ। यसका लागि निजी क्षेत्रको सहयोग पनि अपरिहार्य छ,' उनले भनेका थिए।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न लाग्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले शनिबार भर्चुअल रुपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर लाग्नुपर्नेमा जोड दिएका हुन्। 

उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सामान्य प्रयन्तले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयन्त जरुरी रहेको उल्लेख गरेका थिए। 'निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य छ। यसका लागि निजी क्षेत्रको सहयोग पनि अपरिहार्य छ,' उनले भनेका थिए। 

कोभिड १९ संकटको बेला निजी क्षेत्रले राहत महसुस गर्ने गरी सरकारले पाइला चाल्ने बताएका अर्थमन्त्री शर्माले भर्खरै सार्वजनिक मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने प्रयास गरिएको समेत दाबी गरेका थिए। राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नको लागि निजी क्षेत्रका लागि उपयुक्त हुने गरी नीतिगत सुधार गर्ने सरकारको चाहना रहेको उनको भनाइ थियो। 

अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन समेत निजी क्षेत्रबाट सहयोगको अपेक्षा गरेका थिए। 

महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिडपछिको पुनोरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै त्यो सकारात्मक भएको टिप्पणी गरे। 

उद्योग वाणिज्य महासंघले १० वर्षमा १५० अर्ब अमेरिकी डलर बराबरको पुँजी निर्मााण हुने अपेक्षाका साथ ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (नेट  २०३०)’ नामक भिजन पेपर तयार पारेको जानकारी दिँदै अध्यक्ष गोल्छाले यसबाट थप २२ लाखलाई औपचारिक रोजगार बनाउने योजना रहेको बताएका थिए। 

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले नवगठित सरकारले सम्पूर्ण नागरिकलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराई अर्थतन्त्र जोगाउने संकल्पसहितको नीति लिएकोमा आभार गरेका थिए। 

प्रकाशित: Aug 14, 2021| 15:32 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्