सोमबार, भदौ २३, २०८२

कोलम्बियामा पहिरोमा परी १८ जनाको मृत्यु

 |  शनिबार, पुस २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २८, २०८०

vianetvianet

बोगटा- कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ। घटनामा ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

Kumaribank

मेडेलिन र क्विब्दो सहरलाई जोड्ने सडकमा पहिरोले क्षति पुर्‍याएपछि यहाँको यातायात सेवा अवरुद्ध बनेको चोको क्षेको स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले एएफपीलाई बताए।

'कार्मेन डे अट्राटो नगरपालिकानजिकै ‘एउटा घरमा आश्रय लिन’ धेरै मानिस आफ्नो गाडीबाट झरेका समय दुर्भाग्यवश पहिरो आएर उनीहरू पुरिएका छन्,' अधिकारीले भने।

उपराष्ट्रपति फ्रान्सिया मार्केजले करिब ३० जना घाइते भएका बताएका छन्। कार्मेन डे अट्राटोका मेयर जैमी हरेराले स्थानीय टीभी काराकोललाई बताएअनुसार, पहिरोमा परी मानिस गम्भीर घाइते भएका छन्। अझै पनि केही मानिस पहिरोमा फसेका छन्।

सामाजिक सञ्जाल र टेलिभिजन च्यानलमा सार्वजनिक तस्बिरमा हिलो र पहिरोका कारण कारहरू ध्वस्त भएको देखिएको छ।

Metro Mart

प्रशान्त महासागरसँग सीमा जोडिएको र विशाल उष्णकटिबन्धीय वन रहेको चोको क्षेत्रमा विगत २४ घण्टामा भारी वर्षा भएको छ।

कोलम्बिया खडेरीको अवस्थाबाट गुज्रिरहेका बेला जल, मौसम तथा वातावरण अध्ययन इन्स्टिच्युटले यसअघि प्रशान्त र अमेजनको सिमानामा रहेका विभिन्न क्षेत्रमा भारी वर्षाको जोखिमबारे चेतावनी दिएको थियो।

प्रकाशित: Jan 13, 2024| 15:21 शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्