काठमाडौं– नेपाल राष्ट्र बैंकले यातायात तथा शिक्षण संस्थाले लिएको कर्जा तथा ब्याज भुक्तानी म्याद एक वर्ष थप गरेको छ।
शुक्रबार चालु आर्थिक वर्ष २०७८–०७९को मौद्रिक नीति सार्वजनिक गर्दै आगामी पुससम्म भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याजको समय १ वर्ष थप गरेको हो।
‘कोभिड १९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेन्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरन्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गुर्नपर्ने सावाँ तथा ब्याज दाियत्वको समयावधि एक वर्षसम्म थप गरी कम्तीमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ,’ शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा उल्लेख गरिएको छ, ‘यो व्यवस्था कोभिड १९ महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागु हुने छ।’