काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर लिइने ऋणमा कडाइ गरेको छ। शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितोमा सीमा तोकिएको उल्लेख छ।
गभर्नर अधिकारीका अनुसार अब सेयर धितो ऋण बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने छ। एक बैंकबाट बढीमा चार करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म मात्र सेयर धितो कर्जा लिन पाइनेछ।
नेपाल राष्ट्र बैंकले गरेको यस्तो व्यवस्थाबाट ठूला सेयर लगानीकर्ताहरुलाई भने समस्या पर्ने भएको छ तर साना लगानीकर्ताहरुलाई भने सहज हुने विश्वास गरिएको छ।