काठमाडौं– नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई आगामी एक वर्षसम्मको ब्याजमा लाग्ने थप हर्जाना र ब्याज नलाग्ने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८–०७९को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो। ‘कोभिड १९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवा लगायतका बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायी ऋणीको कहरमा अन्तर्राष्ट्रिय भ्रमण सहज भई यथेष्ट रुपमा पर्यटकको आगमन हुने अवस्था नदेखिएको हुँदा त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाव राख्ने व्यवस्था गरिने छ।
यस्तो रकममा थप हर्जाना र पेनाल्टी ब्याज नलाग्ने व्यवस्था मिलाइने छ ।’