आइतबार, असोज १८, २०८३

उद्यमी महिलालाई २० लाखसम्म ऋण

नेपाल राष्ट्र बैंकले उद्यमी महिलालाई २० लाख रूपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने जनाएको छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले उद्यमी महिलालाई २० लाख रूपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने जनाएको छ। 

राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै लघु उद्यम तथा स्वरोजगारमुलक व्यवसाय सञ्चालन गर्न उक्त ऋण उपलब्ध गराउने जानकारी गराएको हो। 

ऋण लिन सम्बन्धित व्यवसाय परियोजनाको धितोमा यस अघिदेखि नै प्रवाह हुने कर्जालाई निरन्तरता दिएको हो। राष्ट्र बैंकले २० लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख गरेको छ। यस्तो कर्जामा अनिवार्य वीमा गुर्नुपर्ने व्यवस्था गरिनेसमेत राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ।

प्रकाशित: Aug 13, 2021| 17:45 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्