काठमाडौं- कृषि लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाह गर्ने सम्बन्धि स्थानीय तहले कारोबार गर्ने बैंकमा फोकल डेस्क स्थापना गरिने भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाह गर्न सम्बन्धित स्थानीय तहले कारोबार गर्ने वाणिज्य बैंकको शाखामा फोकल डेस्कको स्थापना गर्नुपर्ने व्यवस्था गरिएको जनाएको हो।
‘कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रोत्साहित गर्न गाउँपालिका तथा नगरपालिकाको सरकारी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका शाखाहरूमा कृषि, लघु तथा घरेलु कर्जा सम्बन्धि फोकल डेस्कको स्थापना हुने व्यवस्था मिलाइने छ,’ राष्ट्र बैंकले सावर्जनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ।