आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशबाट आएको पैसा बैंकमा राखे थप १ प्रतिशत ब्याज पाइने

विदेशबाट आएको पैसा बैंकमा राखे थप १ प्रतिशत ब्याज पाइने

विदेशबाट प्राप्त रेमिट्यान्स बैंकमा राखे थप एक प्रतिशत ब्याज पाइने भएको छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- विदेशबाट प्राप्त रेमिट्यान्स बैंकमा राखे थप एक प्रतिशत ब्याज पाइने भएको छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमार्फत् रेमिट्यान्सलाई बैंकिङ प्रणालीमार्फत् भित्र्याउन र बचत गर्ने बानी बसाल्न यस्तो नीति ल्याएको हो। 

‘वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बैंकिङ प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत थप ब्याज पाउने व्यवस्था मिलाइने छ,’ शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा उल्लेख गरेको छ।

प्रकाशित: Aug 13, 2021| 17:26 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्