आइतबार, असोज १८, २०८३

सेयर धितोमा अब बढीमा १२ करोडमात्र कर्जा पाइने

नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गर्दै सीमा निर्धारण गरेको छ। शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति जारी गर्दै सेयर धितोमा सीमा तोकिएको जानकारी दिएका हुन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गर्दै सीमा निर्धारण गरेको छ। शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति जारी गर्दै सेयर धितोमा सीमा तोकिएको जानकारी दिएका हुन्। 

उनका अनुसार अब सेयर धितो ऋण बढीमा १२ करोड रूपैयाँसम्म मात्र लिन पाइने छ। एक बैंकबाट बढीमा चार करोड र सबै संस्था गरेर १२ करोड रूपैयाँसम्म मात्र सेयर धितो कर्जा (मार्जिक लेन्डिङ)को ऋण लिन पाइनेछ।

नेपाल राष्ट्र बैंकले गरेको यस्तो व्यवस्थाबाट ठूला सेयर लगानीकर्ताहरूलाई भने समस्या पर्ने भएको छ तर साना लगानीकर्तालाई भने सहजा भएको छ।

प्रकाशित: Aug 13, 2021| 17:00 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्