आइतबार, असोज १८, २०८३

मौद्रिक नीति आज अपराह्न आउँदै

कोभिडको दोस्रो र तेस्रो लहरबाट प्रभावित ऋणीलाई विशेष सुविधासहित राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै छ। कोभिडको दोस्रो र तेस्रो लहरबाट प्रभावित ऋणीलाई विशेष सुविधासहित राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो। मौद्रिक नीतिलाई अन्तिम रूप दिन सञ्चालक समितिको बैठक जारी छ। 

कोरोना महामारीले शिथिल अर्थतन्त्रलाई गत वर्षको मौद्रिक नीतिले ठूलो राहत दिएको थियो । सोही कारण यो वर्ष पनि मौद्रिक नीतिमा धेरैले गत वर्षजत्तिकै सहुलियत र सुविधा अपेक्षा राखेका छन् । तर राष्ट्र बैंकका अधिकारीहरू गत वर्ष जस्तो धेरै सुविधा दिने पक्षमा नरहेको बताउँछन्। कोरोना महामारीका कारण गत वर्षको निषेध आदेशमा भन्दा यसपटक अर्थतन्त्र चलायमान भएको निष्कर्ष निकाल्दै मौद्रिक नीतिमा कम सहुलियत  दिन लागिएको हो। महामारीका कारण गर्त वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंक निकै उदार देखिएको थियो। 


प्रकाशित: Aug 13, 2021| 09:38 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्