काठमाडौं– चिनियाँ मोटरसाइकल ब्रान्ड हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले बनेपामा नयाँ शोरुम विस्तार गर्ने भएको छ। शुक्रबार एक कार्यक्रमका बीच शोरुम उद्घाटन हुने कृष्ण इन्टरनेसनलले जानकारी दिएको छ। बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेस्ट ग्रुपले प्राप्त गरेको छ।
शोरुम उद्घाटनका अवसरमा हाउजेका ग्राहकलाई चाबीसमेत हस्तान्तरण गरिनेछ। बनेपा र आसपासका ग्राहकलाई लक्षित गरी हाउजेको डिलर सुरुवात गर्न लागेको हन्ड्रेड मेम्बर्स इन्भेस्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठले बताए।
बनेपा तथा आसपासका क्षेत्रमा हाउजे बाइक लोकप्रिय हुने विश्वास उनले लिएका छन्। बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुमबाट सेवा प्रदान गर्ने उनले बताए। शोरुमले हाउजेको नेपाली बजारहिस्सा विस्तार गर्न सहयोग गर्ने विश्वास लिइएको सेल्स एन्ड मार्केटिङ हेड प्रमिला खत्रीले बताइन्। ‘डर्ट सेगमेन्टको बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भनिन्।
डर्ट सेगमेन्टको बाइकमा इन्जिन र च्यासिसको ब्यालेन्सका कारण अफरोडमा पनि यो बाइक हाँक्न सहज हुने कम्पनीको दावी छ। इन्जिन वारेन्टी २ वर्ष रहेको बाइकमा ६ पटकसम्म फ्री सर्भिस उपलब्ध हुनेछ।
काठमाडौंको कमलपोखरी, टेकु, नयाँबजार र चाबहिलमा हाउजेले शोरुम विस्तार गरिसकेको छ। उपत्यकाबाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा शोरुम छ।
कम्पनीले नेपालका मुख्य सहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गर्दै जाने योजना बनाएको छ।