आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तत्कालीन प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार दुगडविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

तत्कालीन प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार दुगडविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

राष्ट्रिय उपभोक्ता मञ्चले दुगडको कम्पनीले कानुनी विपरीत नुनको कारोबार गर्दै आएकाले हदैसम्मको कारबाही माग गर्दै कार्यालयमा उजुरी गरेको हो।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र व्यवसायी मोतिलाल दुगडलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको  कार्यालयमा उजुरी परेको छ। राष्ट्रिय उपभोक्ता मञ्चले दुगडको कम्पनीले कानुनी विपरीत नुनको कारोबार गर्दै आएकाले हदैसम्मको कारबाही माग गर्दै कार्यालयमा उजुरी गरेको हो। 

‘व्यापारिक मलहरूमा दुगड स्पाइसेस एन्ड फुड प्रोडक्टस प्रालि, टंकीसिनवारी, मोरङबाट उत्पादित सेन्चुरी स्प्रिंकल टेबल साल्ट नामक आयोडिनयुक्त नुनप्रति १०० ग्राम ३५ रुपैयाँ बिक्री मूल्य राखी ३२ रुपैयाँमा बिक्रीवितरण भइरहेका पाइएको भन्दै तत्काल छानबिन गरी कारबाहीको दायरमा ल्याउनुपर्ने उजुरीमा उल्लेख छ।

प्रतिसय ग्रामको ३५ रुपैयाँ उल्लेख भएको नून ३२ रुपैयाँमा बिक्रीवितरण गरेको पाइएको व्यहोरा अनुरोध गर्दै यसअघि आवश्यक अनुगमन र नियमनको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गत वर्ष नै उजुरी दिए पनि विभागले कुनै कारबाही नगरेको उजुरीमा उल्लेख छ। छानबिन गरी दुगडमाथि कारबाही चलाउनुको साटो उल्टै राज्य संयन्त्रले ठगी गर्न दुगडलाई सहयोग गरेको आरोप उजुरीमा लगाइएको छ। 

उजुरीमा खाद्य ऐन कार्यान्वयन गर्नुपर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै ऐन उल्लंघन गरेको भन्दै विभागका सम्बन्धित पदाधिकारीलाई समेत कारबाहीको माग गरिएको छ। 

ओली प्रधानमन्त्री भएका बेला दुगड सुरुमा राज्यमन्त्री बनेका थिए भने पछि ओलीले उनलाई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार बनाएका थिए। 

यो पनि :

व्यापारी दुगडलाई पोस्न प्रधानमन्त्रीकै निर्देशनमा नुनमा नीतिगत भ्रष्टाचार!

प्रकाशित: Aug 11, 2021| 23:46 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्