शनिबार, जेठ २, २०८३

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण 

एडिबीबाट सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुकमा सन् २०२३ मा नेपालको ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको हो। 
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।

National life

मंगलबार एडिबीबाट सार्वजनिक एसियन डेभलपमेन्ट आउटलुकमा सन् २०२३ मा नेपालको ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको हो। 

यसअघि सेप्टेम्बरमा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यस आर्थिक वर्षमा ४.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो। आगामी आर्थिक वर्षमा ५ प्रतिशतको आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण छ।

कसिलो मौद्रिक नीति, आन्तरिक मागमा संकुचन, कोभिडको समयमा दिइएको स्टिमुलस कार्यक्रम फिर्ता गरिएका कारणले पहिलो त्रैमासमा आर्थिक वृद्धि ०.८  प्रतिशत मात्रै कायम भएको प्रतिवेदनमा उल्लेख छ।

अर्थतन्त्रका प्रमुख क्षेत्र निर्माण र उत्पादन खुम्चिएका छन्। चालू आर्थिक वर्षको मौद्रिक नीतिले माग घटाउन, मूल्यवृद्धि नियन्त्रण र आयात घटाउन कर्जा विस्तारमा कडाइ गरेकाले पनि आर्थिक गतिविधि खस्किएको एडिबीले बताएको छ। 

यसअघिका दुई आर्थिक वर्षमा नेपालले आर्थिक वृद्धिको प्रक्षेपित लक्ष्य भेटाउन नसकिरहेको अवस्थामा एडीबीले २०२३ का लागि आर्थिक वृद्धिको लक्ष्य प्रक्षेपण गरेको हो।

सन् २०२२ मा ५.८ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा ४.१ र सन् २०२४ मा ५ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ।

प्रकाशित: Apr 04, 2023| 14:20 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्