शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले फेरि भन्यो- क्रिप्टोकरेन्सीको कारोबार नगर्नू

राष्ट्र बैंकले फेरि भन्यो- क्रिप्टोकरेन्सीको कारोबार नगर्नू

नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर करेन्सी आदि अवैधनिक भएकाले त्यसको कारोबार नगर्न पुन: चेतावनी दिएको छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

National life

काठमाडौं- नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर करेन्सी आदि अवैधनिक भएकाले त्यसको कारोबार नगर्न पुन: चेतावनी दिएको छ।

बैंकले सोमबार सूचना जारी गर्दै यस्तो गैरकानुनी मुद्राको कारोबार गरे कारबाही गरिने स्पष्ट पारेको छ। यसअघि पनि विभिन्न समयमा क्रिप्टोकरेन्सीको कारोबार नगर्न सूचना जारी गरेको केन्द्रीय बैंकले नेपालमा रहेका विदेशी फर्म र विदेशमा रहेका नेपालीले समेत यस्तो कारोबार गर्न नपाउने बताएको छ।

क्रिप्टो तथा भर्चुअल करेन्सीमार्फत विदेशमा लगानी हुने जोखिम रहेको भन्दै उसले सचेत गराएको हो।
 

प्रकाशित: Apr 03, 2023| 17:28 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्