शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजार सुधारका लागि ठोस योजना बनाउन सेबोनलाई अर्थमन्त्रीको निर्देशन

सेयर बजार सुधारका लागि ठोस योजना बनाउन सेबोनलाई अर्थमन्त्रीको निर्देशन

 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले नेपाल धितोपत्र बोर्डलाई केही दिनभित्रै पुँजी बजार सुधारका लागि ठोस योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन्।

National life

अर्थमन्त्री महतले सोमबार बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग भेट गरी पुँजी बजार सुधारको योजना बनाएर सकारात्मक परिणाम निकाल्ने गरी अघि बढ्न निर्देशन दिएका हुन्।

भेटमा अध्यक्ष हमालले विभिन्न धितोपत्र औजारहरुको प्रयोग गरी बजारको विकासलाई टेवा पुर्‍याउने योजना आफूले अघि सारेको बताएका थिए। उनले कम्पनीहरुलाई पुँजी बजारमा आबद्ध हुन आइपीओ सहजीकरण गर्ने प्रतिबद्धता पनि अर्थमन्त्रीसँग जनाएका छन्। अन्तर्राष्ट्रिय अभ्यासहरुलाई नेपाली पुँजी बजारमा पनि कार्यान्वयन गर्ने हमालले अर्थमन्त्रीलाई जानकारी गराएका छन्। विशिष्टिकृत लगानी कोषहरुलाई पनि बजारमैत्री बनाउने र लगानी प्रवर्द्धनमा सहयोग पुर्‍याउने उनको भनाइ थियो।

निजी क्षेत्र र सेयर बजारका लगानीकर्ताहरुसँगको भेटपछि अर्थमन्त्री महतले हमालसँग छलफल गरेका हुन्। भेटमा अर्थमन्त्री महतले बजारको स्तर वृद्धिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

अर्थमन्त्री महत र हमालसँगको भेटमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे पनि सहभागी थिए। आजमात्रै अर्थमन्त्री महतले लगानीकर्ताहरुको राय सुझाव लिएका थिए। महतलले त्यसलाई चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।
 

प्रकाशित: Apr 03, 2023| 15:23 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्