शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सीमा क्षेत्रका अवैध गतिविधि र राजस्व चुहावट रोक्न अर्थमन्त्रीको पहल

सीमा क्षेत्रका अवैध गतिविधि र राजस्व चुहावट रोक्न अर्थमन्त्रीको पहल

पछिल्लो समय गृह र अर्थमन्त्री दुवै नहुँदा सीमा क्षेत्रमा  अवैध गतिविधि बढ्नुका साथै भन्सार राजस्वमा पनि कमी आएको छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

National life

काठमाडौं- सीमा क्षेत्रमा हुने अवैध गतिविधि र राजस्व चुहावट रोक्न अर्थमन्त्री डा. प्रकाशशरण महतले पहल थालेका छन्। अर्थमन्त्री महतले सोमबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक आह्वान गरेका छन्।

बैठकमा उप्रपधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत सहभागी छन्। समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ।

भन्सार राजस्वमा सीमा क्षेत्रमा हुने चुहावटले ठूलो असर गर्ने जानकारहरु बताउँछन्। पछिल्लो समय गृह र अर्थमन्त्री दुवै नहुँदा सीमा क्षेत्रमा  अवैध गतिविधि बढ्नुका साथै भन्सार राजस्वमा पनि कमी आएको छ।
 

प्रकाशित: Apr 03, 2023| 15:12 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्