शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री महतले बोलाए केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक

अर्थमन्त्री महतले बोलाए केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक

अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन्। 
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

National life

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन्। 

गृहमन्त्री समेत सदस्य रहने समितिको बैठक सोमबार दिउँसो २ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा बस्दैछ। अर्थ मन्त्री महतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी क्षेष्ठलाई फोन गरेर बैठकमा सहभागी हुन आग्रह गरेको महतको सचिवालयले जनाएको छ।

समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ।

प्रकाशित: Apr 03, 2023| 10:01 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्