शनिबार, जेठ २, २०८३

सेयर बजारले स्वागत गरेन नयाँ अर्थमन्त्रीलाई

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- सरकार विस्तार भएर अर्थ मन्त्रालयले अभिभावक पाएको पहिलो कारोबार दिन सेयर बजार परिसूचक घटेको छ।

National life

नयाँ अर्थमन्त्री नियुक्त भएसँगै सेयर बजारले स्वागत गर्ने अपेक्षा गरिएको थियो। अर्थमन्त्री नियुक्त हुनासाथ प्रकाशशरण महतले समग्र अर्थतन्त्रसँगै सेयर बजारलाई पनि सम्बोधन गरेका थिए। सेयर बजारमा व्याप्त निराशालाई आशामा बदल्ने उनको भनाइ थियो। नवनियुक्त अर्थमन्त्रीको सम्बोधनपछि आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बन्न सहयोग पुग्ने आम अपेक्षा थियो। तर आजको सेयर बजारले यो अपेक्षालाई साकार पार्न सकेन। 

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २० अंक घटेर १८८८.५५ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। गत बिहीबार करिब ९० करोडको कारोबार भएको बजारमा आज २६० स्टकको ३२ हजार ४१४ पटकको कारोबारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत घटेको छ। त्यसैगरी लघुवित्त, लगानी, जलविद्युत, वित्त, विकास बैंक र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित: Apr 02, 2023| 15:28 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्