शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लयमा फर्किंदै पर्यटन, महिनामै भित्रिए करिब १ लाख पर्यटक 

लयमा फर्किंदै पर्यटन, महिनामै भित्रिए करिब १ लाख पर्यटक 

मार्चमा आएको पर्यटक संख्या महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो। कोभिडअघिको मार्च २०१९ मा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- एक महिनामा झण्डै एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

triton college

नेपाल पर्यटन बोर्डका अनुसार २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या हवाई मार्ग हुँदै आएका पर्यटकको हो। स्थल मार्ग भएर आएका भारतीय तथा तेस्रो देशका पर्यटकको संख्या यसमा समावेश छैन।

कोभिडको लामो असरपछि नेपाली पर्यटन लयमा फर्किने क्रममा छ। नेपालमा अब पर्वतारोहणको मौसम सुरु हुँदैछ। अप्रिलमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा व्यवसायीले गरेका छन्।

मार्चमा आएको पर्यटक संख्या महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो। कोभिडअघिको मार्च २०१९ मा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए। त्यसयता पर्यटक आगमन निरन्तर गिर्दो क्रममा थियो।

सन् २०२३ को तीन महिनामा २ लाख २७ हजार ७५५ जना पर्यटक नेपाल आइसकेका छन्। जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक आएका थिए।

corrent noodles
Metro Mart

मार्चमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन्। दोस्रो स्थानमा अमेरिकी पर्यटक छन् भने तेस्रोमा बेलायती। युरोपबाट पनि पर्यटकको आगमन सकारात्मक देखिएको छ।

चिनियाँ पर्यटक पनि बढ्ने क्रममा छन्। फेब्रुअरीमा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएकोमा मार्चमा यो संख्या २ हजार ६३५ पुगेको छ।

मार्चमा भारतबाट २५,९११, अमेरिकाबाट ९,५५७, बेलायतबाट ६,१३३, जर्मनीबाट ४,१४९, श्रीलंकाबाट ३,८९८, थाइल्याण्डबाट ३,८२९, फ्रान्सबाट ३,००९ कोरियाबाट, २,६३९ र चीनबाट २,६३५ पर्यटक आएका छन्।
 

प्रकाशित: Apr 02, 2023| 14:16 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्