मंगलबार, वैशाख ३०, २०८२

महासंघ प्रतिनिधिमण्डलसँग अर्थमन्त्री महतको भेट

 |  आइतबार, चैत १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

vianetvianet

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेका छन्। आइतबार बिहान महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोलीले महतलाई  भेटेको हो।

triton college

अर्थमन्त्रीलाई गोल्छाले चारवटा विषयमा तत्काल काम गर्नुपर्ने सुझाव दिएका छन्। गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनुपर्ने सुझाव दिएका थिए। उनले ब्याज घटाउनका लागि केन्द्रीय बैंकसँग पनि ठाउँ रहेको र सरकारले पनि तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव दिएका थिए। 

सरकारी खर्च निकै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिएका छन्। अहिलेसम्म करिब २४ प्रतिशतमात्र खर्च भएको छ। विगतमा सरकार र केन्द्रीय बैंकमार्फत आयात बन्द हुँदा अवैध कारोबार बढेको उल्लेख गर्दै गोल्छाले अहिले आयात खुल्दा पनि अवैध कारोबार नघटेको बताए।

अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरुसँग कुरा गर्न पनि आग्रह गरेका छन्। निजी क्षेत्रमैत्री सन्देश प्रवाह गर्दै अगाडि बढे समस्याहरु समाधान गर्न सकिने गोल्छाको धारणा थियो।

अर्थमन्त्री महतले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ने बताए। धेरै विषयहरु केन्द्रीय बैंकसँग सम्बन्धित भएको गोल्छाको भनाइमा डा. महतले नेपाल राष्ट्र बैंकका गभर्नरसँग कुराकानी भएको र सँगै अगाडि बढ्नेमा सहमत भएको बताए।
 

National life insurance

प्रकाशित: Apr 02, 2023| 12:39 आइतबार, चैत १९, २०७९
प्रतिक्रिया दिनुहोस्