शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • भारतबाट घटेर आयो पेट्रोलियम मूल्य, ग्यासको घाटा पेट्रोल, डिजेलको नाफाबाट असुल्दै निगम

भारतबाट घटेर आयो पेट्रोलियम मूल्य, ग्यासको घाटा पेट्रोल, डिजेलको नाफाबाट असुल्दै निगम

आईओसीबाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० र डिजेलमा प्रतिलिटर २० रुपैयाँ नाफा। 
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं– नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसन (आईओसी)ले १५/१५ दिनमा पठाउने नयाँ मूल्यसूची अनुसार यस पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतबाट पेट्रोल प्रतिलिटर १.७४ रुपैयाँ र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको हो। 

triton college

यसअघि नै पेट्रोल, डिजेल र हवाई इन्धनमा नाफामा रहेको निगमलाई पछिल्लो मूल्यपछि झनै मुनाफा हुनेछ। तर आयल निगमले मूल्य घटाउनुको साटो पछिल्लो समय ग्यासमा प्रतिसिलिन्डर ३३८ रुपैयाँ मूल्य बढेर आएकाले ग्यासको घाटामा मिसाइएको दाबी गर्दै आएको छ।

हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ र डिजेलको १७५ रुपैयाँ छ। यो मूल्यमा कारोबार भइरहँदा निगमले पछिल्लो १५ दिनमा करिब ६० करोड नाफा कमाएको छ।

निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ। नयाँ सूचीअनुसार आफूले तिर्नुपर्ने खरिद मूल्य घटेर आएसँगै अब निगमले बिक्री दर घटाएन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजेलमा २२ रुपैयाँ हाराहारी नाफा कमाउनेछ।

प्रकाशित: Apr 01, 2023| 15:28 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्