शनिबार, जेठ २, २०८३

रसुवागढी नाकाबाट दुईतर्फी आगमन खुला

कोरोना महामारीका कारण ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि साँधसीमा जोडिएको रसुवागढी नाकाबाट पर्यटक आगमन खुलाएको हो।
 |  शनिबार, चैत १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत १८, २०७९

काठमाडौं– उत्तरको छिमेक चीनले तीन वर्षपछि रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आउजाउ खुलाएको छ।

National life

कोरोना महामारीका कारण ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि पर्यटक आगमन खुला गरेको हो।

शनिबा नेपाली टोली उक्त नाकाबाट चीन प्रवेश गरेसँगै आवागमन औपचारिक रुपमा खुला भएको नेपालका लागि चिनियाँ राजदूत छेन सङले बताएका छन्।

दुईतर्फी मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गाढा हुने उनले  उल्लेख गरेका छन्। रसुवागढी नाका खुला भए पनि अर्को सीमानाका  तातोपानीबाट हुने स्थलमार्गको आगमन भने खुलाइएको छैन।

प्रकाशित: Apr 01, 2023| 14:48 शनिबार, चैत १८, २०७९
प्रतिक्रिया दिनुहोस्