शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्थानीय तहबाटै व्यक्तिगत श्रम स्वीकृतिको आवेदन दिन सकिने

स्थानीय तहबाटै व्यक्तिगत श्रम स्वीकृतिको आवेदन दिन सकिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिका कागजातमा विभिन्न समस्या देखिएपछि आगामी १ वैशाखदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

काठमाडौं– सरकारले आगामी १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने व्यवस्था गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिका कागजातमा विभिन्न समस्या देखिएपछि आगामी १ वैशाखदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको हो। 

National life

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए।

हाल यो मन्त्रालयको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेका छन्। अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने, वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएको छ।

त्यसका लागि वैशाखअगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेले बताए। 

यसअघि सात वटै प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रम स्वीकृतिको कार्य अगाडि बढाइएको थियो। त्यसपछि पनि श्रमिकलाई दुःख दिने, फाइल अनावश्यक रूपमा अल्झाउने गुनासा मन्त्रालयमा पुग्ने गरेका थिए।

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न यस्तो निर्णय गरिएको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए। 

प्रकाशित: Mar 31, 2023| 11:08 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्