शनिबार, जेठ २, २०८३

एमजी जेडएस इभीको लागि बुकिङ खुल्ला

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँ इलेक्ट्रिक भेरियन्टको एसयुभि एमजी जेड एसयुभिको लागि प्रि–बुकिङ खुला गरेको छ।

National life

यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ। आधा घण्टामै ८०% चार्ज हुने यसको ब्याट्रीले सिङ्गल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ । यस एसयुभिको ब्याट्री लाइफ भने ८ वर्षको रहेको छ।

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग,  इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ,  डिएबि रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा  इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ ।

दुई वटा भेरियन्टमा उपलब्ध यस एसयुभिको कम्फर्ट भेरियन्टको मुल्य रु.४८,४९,००० राखिएको छ भने डिलक्स भेरियन्ट्को मूल्य रु.५२,४९,००० राखिएको छ। वैशाखबाट उपभोक्ताहरुलाई डेलिभरी गर्न शुरु गरिने भनिएको यस एसयुभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिनेछ।
 

प्रकाशित: Mar 29, 2023| 13:31 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्