शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- ग्लोबल मनी विक–२०२३ अभियान अन्तर्गत सानिमा बैंकले चैत्र ६ देखि चैत्र १२ गतेसम्म देशभरका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

National life

उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको समेत व्यवस्था गरिएको थियो। उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको बैंकले जनाएको छ। 

वित्तीय साक्षरता अन्तर्गत देशभरिका शाखाहरु मार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरिएको बैंकको भनाइ छ । साथै ग्लोबल मनी विकको ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ सम्बन्धित विषयवस्तुमा केन्द्रित भई युवा वर्गहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। 

प्रकाशित: Mar 28, 2023| 17:55 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्