आइतबार, चैत २९, २०८२

सूर्य नेपाल च्यालेन्ज गल्फ सुरु

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

National life
kumari

काठमाडौं- सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट सुरु भएको छ। प्रोफेसनल गल्फर एसोसियसनका अनुसार प्रतियोगिता शुक्रबारसम्म हुनेछ।

रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ। प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरि कुल ३८ खेलाडीले सहभागिता जनाउने छन्। प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्दा उपविजेताले ६५ हजार पाउने छन्। तेस्रोले ४६ हजार, चौंथो ३८, पाँचौंले ३४, छैटौंले ३०, सातौंले २७, आठौंले २४, नवौंले २२, दशौँले २० हजार प्राप्त गर्ने छन्। त्यसबाहेक शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउनेछन्।
 

प्रकाशित: Mar 28, 2023| 20:30 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्