शुक्रबार, जेठ १९, २०८०

शाओमी १३ लाइट नेपाली बजारमा, के छन् विशेषता ?

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- शाओमीले नेपाली  बजारमा साओमी १३ लाइट सार्वजनिक गरेको छ।

Everest Bank

डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागसिप  क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागसिप स्मार्टफोन स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेसहित सार्वजनिक भएको छ।

साओमी १३ लाइटमा ५० एमपी ट्रिपल क्यामेरा सेटअप रहेको छ जसमा मुख्य क्यामेरा रहेको आइएमएक्स ७६६ सेन्सर जडान गरिएको छ। इमेजिङ इन्जिनद्वारा सञ्चालित साओमी १३ लाइटको बलियो कम्प्युटेसनल  फोटोग्राफी क्षमताहरूको साथ आई ट्रयाक फोकस र मोसन क्याप्चरको साथ चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ। 

फ्ल्यागसिप लेभल रियर क्यामेरा सेटअपको साथ साओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ  सुसज्जित छ । ३२ एमपी फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्दछ भने यसको ८ एमपी फ्रन्ट  क्यामेराले सेल्फ–पोट्रेटहरूमा प्राकृतिक रूपहरूका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रूपमा  काम गर्दछ ।

साओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका  व्यक्तिहरूको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रूपमा जुम  इन वा जुम आउट गर्दछ।  सेल्फी जुम, पकेट मिरर र साओमी सेल्फी ग्लोजस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश  गरिएको साओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्ने कम्पनीको दाबी छ। 

National life insurance
Metro Mart

लाइट ब्लु र लाइट पिंक गरी साओमी १३ लाइट दुई रंग र ८+१२८ जिबी र ८+२५६ गरी दुई भेरियन्टमा उपलब्ध छ । ८+१२८ जिबी र ८+२५६ जिबी भेरियन्टको मूल्य क्रमशः ५४ हजार नौ सय ९९ र ५७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।
 

प्रकाशित: Mar 28, 2023| 08:00. 00 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्