शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वार्षिक एक लाखसम्म कारोबार गर्ने मर्चेन्टलाई केवाईसी भर्न निर्देशन

वार्षिक एक लाखसम्म कारोबार गर्ने मर्चेन्टलाई केवाईसी भर्न निर्देशन

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

National life

काठमाडौं- वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्ने मर्चेण्टलाई सरलिकृत ग्राहक पहिचान (सरल केवाईसी) लागू गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकले परिपत्र जारी गर्दै मंगलबार उक्त निर्देशन दिएको हो। 

राष्ट्र बैंकको भुक्तानी विभागले परिपत्र जारी गरेर बैंक तथा वित्तीय संस्था बाहेकका संस्थालाई जारी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था परिमार्जन गर्दै नयाँ निर्देशन जारी गरेको हो।

‘अनुमति प्राप्त संस्थाले सम्पत्ति शुद्धीकारण निवारण ऐन २०६४ को दफा ७ (च) तथा सम्पत्ति शुद्धीकरण नियमावली ०७३को नियम ९ बमोजिम वार्षिक एक लाख रुपयाँसम्मको कारोबार गर्ने मर्चेण्टलाई आवद्ध गर्दा सरलीकृत ग्राहक पहिचानको प्रक्रिया अबलम्बन गर्न सक्नेछन्,’ परिपत्रमा भनिएको छ, ‘सरलीकृत ग्राहक पहिचान र सोको सम्पुष्टि गर्दा राष्ट्र बैंकले तोकेको मापदण्ड भने पुरा गर्नुपर्नेछ।’ 
 

प्रकाशित: Mar 28, 2023| 19:00 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्