आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पदभार ग्रहण गरेपछि कुलमानले भने– नागरिकलाई सस्तोमा बिजुली दिएर पनि प्राधिकरणलाई नाफामा लैजान्छु

पदभार ग्रहण गरेपछि कुलमानले भने– नागरिकलाई सस्तोमा बिजुली दिएर पनि प्राधिकरणलाई नाफामा लैजान्छु

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। उनले आज बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर पदभार ग्रहण गरेका हुन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। उनले आज बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर पदभार ग्रहण गरेका हुन्।

उनलाई प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, कर्मचारी र आधिकारिक ट्रेड युनियनले स्वागत गरेका छन्। स्वागत कार्यक्रममा घिसिङले आफूले सकेसम्म प्राधिकरणको छवि उचो बनाउने र नागरिकलाई सस्तो र सुलभ बिजुली दिँदै कम्पनीलाई नाफामा पनि लैजाने बताए। 

उनले ठूला आयोजनाको पूर्णता र सञ्चालन तथा विद्युत् खपतको विषयमा धेरै काम गर्नुपर्ने भएकाले आफ्नो ध्यान त्यतै केन्द्रित रहने बताए।

कुलमानले भने, ‘मेरा लागि जीवनकै ठूलो चुनौती हो यो।  यसअघि सबैको सहयोगले हामी आजसम्म सफल भएका छौं, अब भोलि पनि सफल हुनेछौं।  कार्ययोजना बनाएर अघि बढ्छु। विद्युतीय सेवा गुणस्तरीय बनाउने नै अबको मुख्य योजना हो मेरो।’

उनले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिइने बताए। प्राधिकरणका कुनै काम गलत बाटोमा गएको भए सच्याउने बताउँदै उनले भने,  ‘कसैको विरोध गर्ने भन्दा पनि विद्युत प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिन्छौं।’

प्रकाशित: Aug 11, 2021| 14:42 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्