शनिबार, जेठ २, २०८३

सेयर बजारमा फर्कियो रौनक

तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ।
 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ। आज नेप्से परिसूचक १२.४१ अंकले बढेर १९ सय १८ मा अडिएको छ।

National life

हिजो सोमबार सेयर बजारमा रौनक फर्किएको थियो। हिजो १७.७० अंकले बढेको थियो नेप्से।

आज कुल १ अर्ब ४४ करोडको कारोबार भएको छ। यसअघि सोमबार १ अर्ब ३८ करोडको कारोबार भएको थियो। १४२ कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने ७ को स्थिर रह्यो। बैंकिङ ३, होटल तथा पर्यटन १३, जलविद्युत् ५, जीवन बिमा ३४, उत्पादन ७६, माइक्रोफाइनान्स ११५, अन्य ९ र व्यापार उपसमूह १९ अंक बढेको छ। विकास बैंक १७, फाइनान्स ४ र निर्जीवन बिमा उपसमूह १० अंकले घटे।

तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ। सुपर मादी, सिर्जनशील लघुवित्त र एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो। महिला र नेरुडे लघुवित्तको मूल्य क्रमशः ८.९ र ७.९ प्रतिशत बढ्यो।

तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा आइएमई जनरल इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक र अपी पावर क्रमशः अगाडि रहे।
 

प्रकाशित: Mar 28, 2023| 15:55 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्