शनिबार, जेठ २, २०८३

प्रतितोला १००० ले घट्यो सुनको मूल्य

सोमबार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८ हजार कायम भएको हो।
 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिन सोमबारको तुलनामा प्रतितोला १००० ले घटेको छ। अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८ हजारमा कारोबार भएको हो।

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० मा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार १ लाख ८ हजार ५०० मा कारोबार भएको थियो। 

यस्तै, आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ ले घटेर १ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ। आइतबारदेखि मंगलबारसम्म नेपाली बजारमा सुन मूल्य प्रतितोला १८०० ले घटेको हो।

प्रकाशित: Mar 28, 2023| 12:32 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्