शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफ इन्स्योरेन्सले दियो ५०० बढी अभिकर्तालाई तालिम

नेपाल लाइफ इन्स्योरेन्सले दियो ५०० बढी अभिकर्तालाई तालिम

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

National life

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीमा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो।

प्रशिक्षणले अभिकर्ता र एजेन्सी म्यानेजरहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले बताएका थिए।  कार्यक्रमका सहभागीहरुलाई भारतको जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झाले तालिम दिएका थिए। 
 

प्रकाशित: Mar 27, 2023| 20:00 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्