आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • धनगढीमा अञ्जनले भने- व्यवसायीका समस्या समाधानमा केन्द्रित हुनेछु

धनगढीमा अञ्जनले भने- व्यवसायीका समस्या समाधानमा केन्द्रित हुनेछु

 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीका समस्या सम्बोधन र समाधान गर्न आफूले ध्यान केन्द्रित गर्ने बताएका छन्।

National life

धनगढीमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्नो नेतृत्वमा अप्ठ्यारोमा रहेका व्यवसायलाई उकास्न भूमिका खेल्ने बताए।

श्रेष्ठले भने, ‘करका विषय, नापतौल, ऋणलगायतका थुप्रै समस्या छन्। यस्ता विषयलाई सम्बोधन गर्न मैले विज्ञसहितको टिम तयार गरेको छु।’ उनले यसअघि नै महासंघको आगामी साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान छ। उनले महासंघलाई सबै तहका उद्योगी व्यवसायीको पहुँचमा पुग्ने गरी संस्थागत विकासमा जोड दिने पनि बताएका छन्।
 

प्रकाशित: Mar 26, 2023| 18:28 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्