आइतबार, जेठ ३, २०८३

नेप्से ओर्लिने क्रम रोकिएन

अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा परिसूचक २६.८७ घटेर १८सय ८८ अंकमा कायम भएको हो।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं- साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से १९ सयभन्दा तल ओर्लिएको छ। अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा परिसूचक २६.८७ घटेर १८सय ८८ अंकमा कायम भएको हो।

National life

आज १ अर्ब २८ करोडको कारोबार भयो। बिहीबार १ अर्ब ४१ करोडको कारोबार भएको थियो भने परिसूचक १८.१५ अंकले घटेको थियो।

आज नेप्से परिसूचकसहित सबै उपसूचक घटेका छन्। बैंकिङ १७, विकास बैंक ५१, फाइनान्स १९, होटल तथा पर्यटन १८, जलविद्युत् २३, जीवन बिमा ८४, उत्पादन ८७, माइक्रोफाइनान्स १३३, निर्जीवन बिमा १०२, व्यापार ४३ र अन्य उपसमूह ४ अंकले घटेको छ।

दुई जलविद्युत कम्पनी मायाखोला र एसियन हाइड्रोको मूल्य भने १० प्रतिशत बढ्यो। कालिन्चोक दर्शनको ६ र गुराँस लाइफको मूल्य ४.२ प्रतिशतले बढेको छ।

प्रकाशित: Mar 26, 2023| 15:23 आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्