आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सातै प्रदेशमा महासंघ प्रदेश अध्यक्ष सर्वसम्मत चुनिए

सातै प्रदेशमा महासंघ प्रदेश अध्यक्ष सर्वसम्मत चुनिए

महासंघको केन्द्रीय नेतृत्वका लागि साधारणसभा एवं निर्वाचन आगामी २९ चैतमा हुने कार्यतालिका छ।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सात वटै प्रदेशमा प्रदेश अध्यक्ष सर्वसम्मत निर्वाचित भएको बताएको छ। 
महासंघका कोशी प्रदेशमा राजेन्द्र राउत,  कर्णालीमा पदमबहादुर शाही, लुम्बिनीमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका छन्। 

National life

यस्तै, बागमतीमा दिलसुन्दर श्रेष्ठ, सुदूरपश्चिममा शंकर बोगटी, मधेसमा अशोक टेमानी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको महासंघले जनाएको छ। गण्डकी प्रदेशमा गोला प्रथाबाट अमृत भट्टचन अध्यक्ष निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहन्छ भने एसोसिएट्सको ३० र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ। सोही  कारण वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन जिल्ला नगरको ठूलो भूमिका रहन्छ। 

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः सभापति हुने प्रावधान रहेको छ। चुनावपछि चन्द्र ढकालले महासंघको नेतृत्व सम्हाल्नेछन्। महासंघको साधारणसभा एवं निर्वाचन आगामी २९ चैतमा हुने कार्यतालिका छ।

प्रकाशित: Mar 25, 2023| 17:40 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्