आइतबार, जेठ ३, २०८३

राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर मादी

४४ मेगावाटको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनासाथा आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिएको हो।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– कास्कीको मादी गाउँपालिका–१ र २ मा निर्मित सुपर मादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

National life

४४ मेगावाटको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनासाथ आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जडान गरिएको कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए।

उनका अनुसार आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत् गृहलगायत सम्पूर्ण क्षेत्रको काम सम्पन्न भइसकेको छ। आयोजना निर्माणमा ८ अर्ब ७० करोड खर्च भएको कम्पनीले जनाएको छ।

२०७५ मंसिरदेखि निर्माण थालेको बताउँदै उनले २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि कोरोना महामारी तथा १ असार २०७८ मा मादी खोलामा आएको बाढीलगायत कारणले केही समय ढिलो भएको उल्लेख गरे।

सुरुमा ७ अर्ब ४७ करोड लागत भनिए पनि बाढीप्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जनाएको छ। 

आयोजनाका अनुसार बाढीका कारण १ अर्ब बढी नोक्सानी भएको छ। मुख्य सुरुङको लम्बाइ करिब ६ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करिब २५ करोड लागत थपिएको हो। 

आयोजनाका लागि २ अर्ब १० करोड सेयर पुँजी रहेको छ। बाँकी सानिमा विकास बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको लगानी रहेको अध्यक्ष ढुंगानाले जानकारी दिए।

वार्षिक २४२.६५ गिगावाट घन्टा बिजुली उत्पादन हुने आयोजनाको सुपर मादी हाइड्रो पावर प्रवद्र्धक एवं सिभिल ठेकेदार फेवा कन्स्ट्रक्सन प्रालि, हाइड्रो मेकानिकल ठेकेदार माछापुच्छ मेटल एन्ड मेसिनरी प्रालि र इलेक्ट्रो मेकानिकल ठेकेदार एसिया प्यासिफिक पावर टेक प्रालि र परामर्शदाता सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनी रहेका छन्।

प्रकाशित: Mar 25, 2023| 16:53 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्