शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेन्डर सार्वजनिक

बैंकले हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– ग्लोबल आईएमई बैंकले मण्डला चित्रकला समावेश २०८० को क्यालेन्डर सार्वजनिक गरेको छ।

National life

शुक्रबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्त रुपमा उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो।  

बैंकले हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ। 
कार्यक्रममा बैंक अध्यक्ष ढकालले नयाँ क्यालेन्डरमार्फत मण्डला चित्रकला प्रवद्र्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताए। 

चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत वज्राचार्यले जानकारी दिए।

नेपालको मौलिक मण्डला चित्रलाई मुलुकभर क्यालेन्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने प्रयास बैंकबाट भएको उनको भनाइ थियो। 

Laxmi sunrise bank
kumari

कार्यक्रममा कलाकारद्वयले मण्डला चित्रकलालाई क्यालेन्डरका निम्ति छनोट गरेकामा बैंकलाई धन्यवाद दिएका थिए।

प्रकाशित: Mar 25, 2023| 17:20 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्