सोमबार, माघ १९, २०८२

निसानका ईभी खरिद गर्न एभरेष्ट बैंकबाट कर्जा पाइने

 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

निसानको नेपालका लागि आधिकारिक विक्रेता ‘पायोनियर मोटोकर्प प्रालि’ले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ।

National life

निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन पाउने दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिश कुमार आचार्य र पायोनियर मोटो कर्पको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ। सम्झौताअनुसार, एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलोसँग उपलब्ध हुनेछ।

ईभीको लागि बेस रेटमा ३.५० प्रतिशत र अन्यको लागि बेस रेटमा ४ प्रतिशत ब्याजदर हुनेछ भने ७ वर्षको आवधि सहितको कर्जा उपलब्ध हुनेछ। यसका लागि सेवा शुल्क मात्र ०.५ प्रतिशत हुनेछ। केवल २० प्रतिशतको डाउन पेमेन्टमा, ग्राहकहरू अब निसान ईभीको मालिक हुन सक्छन्।

अहिले एभरेष्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन्। ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ। यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट नेपालभर लागु हुने जनाइएको छ।

Laxmi sunrise bank

प्रकाशित: Mar 18, 2023| 23:00 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्