आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लघुवित्तलाई कारबाहीको दायरामा ल्याउन गगन थापाको माग

लघुवित्तलाई कारबाहीको दायरामा ल्याउन गगन थापाको माग

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्थालाई कारबाही गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

National life

काठमाडौं– कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले अनुचित नाफा कमाउन मनलाग्दी गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्थालाई कारबाही गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लघुवित्त संस्थाले अति न्यून आय भएका गरिबलाई झनै गरिब बनाएको थापाको दाबी छ। उनले भने, ‘मर्कामा परेकालाई राहत दिनुपर्छ। बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ। अति न्यून आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्न लघुवित्त सहयोगी हुने मान्यता रहे पनि ठगेको देखियो।’

सांसद थापाले वित्तीय साक्षरतालाई स्थानीय तहसँग साझेदारीमा तल्लो तहसम्म लैजानु पर्ने र लघुवित्तका कारण मर्कामा परेकालाई राहत दिइनुपर्ने माग गरेका छन्। एउटा ऋणीलाई एक मात्र संस्थाबाट ऋण लिन पाउने प्रावधान राख्न राष्ट्र बैंकलाई संसाद थापाले सुझाए।

प्रकाशित: Feb 22, 2023| 15:14 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्