आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दक्षिणकालीमा चार करोड लगानीको जुत्ता-चप्पल उद्योग सञ्चालनमा, मेयरले गरे उद्घाटन

दक्षिणकालीमा चार करोड लगानीको जुत्ता-चप्पल उद्योग सञ्चालनमा, मेयरले गरे उद्घाटन

देशको अर्थतन्त्रका लागि व्यापारभन्दा उद्योग फलदायी रहेकाले यसमा लगानी गरेको उद्योगका अध्यक्ष दिनेशराज अर्यालले बताएका छन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- दक्षिणकालीमा ४ करोड लगानीको जुत्ता-चप्पल उद्योग सञ्चालनमा आएको छ। दक्षिणकाली नगरपालिका-७ गोपालेश्वरमा लक्की मल्टिपर्पोज इन्डष्ट्रिज प्रालि नामक उद्योग सञ्चालनमा आएको हो। उद्योगको उद्घाटन दक्षिणकालि नगरपालिकाका मेयर मोहन बस्नेतले गरेका छन्।

National life

देशको अर्थतन्त्रका लागि व्यापारभन्दा उद्योग फलदायी रहेकाले यसमा लगानी गरेको उद्योगका अध्यक्ष दिनेशराज अर्यालले बताएका छन्। आफ्नै ठाउँमा स्वरोजगार ल्याउन र सुलभ मूल्यमा जुत्ता-चप्पल उपलब्ध गराउन उद्योग खोलिएको उद्योगका निर्देशक दीपक आचार्यले बताए।

फुटवेयरबाट सुरूवात भएको उद्योगबाट भविष्यमा मास्कलगायत अन्य आवश्यक सामान पनि उत्पादन गर्ने लक्ष्य रहेको आचार्यले सुनाए। उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपछि एक सयभन्दा बढीले रोजगारी पाउने आचार्यको भनाइ छ।

मेयर बस्नेतले आफ्नै ठाउँमा उद्योग स्थापना हुनुले नगरपालिकालाई समेत फाइदा पुगेको बताए।

प्रकाशित: Feb 22, 2023| 14:39 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्