भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ। व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा १३ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्न गरेका थिए। विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात विषयमा सांसदले जिज्ञाशा राखेका थिए।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र क्यामरुन गणतन्त्रका समकक्षी मिसेल टोमो मोन्थेले मुख्यालय न्युयोर्कमा कूटनीतिक सम्बन्ध गाँस्ने सम्झौतामा गरे हस्ताक्षर।
चुच्चेखोला अहिले खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ। पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चित छ चुच्चेखोलाको खुवा।