शनिबार, साउन ३१, २०८२

जेएमसिको भिगस प्लस पिकअपमा आकर्षक फाइनान्स सुविधा

 |  शुक्रबार, असार ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

vianetvianet

काठमाडौं- छोटो समयमै नेपाली बजारमा राम्रो प्रभाव पार्न सफल ब्राण्ड जेएमसिले भिगस प्लस नामक आफ्नो पिकअप गाडी खरिदकर्ताका लागि आकर्षक फाइनान्स अफर ल्याएको छ । यस अफरअन्तर्गत खरिदकर्ताहरुले ७५ प्रतिशत फाइनान्समा भिगस् प्लस् गाडीलाई आफ्नो बनाउन सक्नेछन् ।

खरिदकर्ताकै सहजताका लागि भनेर अफर अन्तर्गत २४ घण्टाभित्र डेलिभरी, आकर्षक नगद छुट र सहज एक्सचेन्जका साथ हरेक टेस्ट ड्राइभमा उपहारसमेत जेएमसिले दिँदै आएको छ । त्यसका साथै सोरुम नधाइकन टेस्ट ड्राइभ गर्न चाहनेका लागि भनेर जेएमसिले डुवरस्टेप सुविधा पनि लिएर आएको छ । जसमा जेएमसिका कर्मचारीहरु गाडी लिएर टेस्ट ड्राइभ गर्न इच्छुक खरिदकर्ताको घरै सम्म पुग्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।

नेपालमा शंकर ग्रुपको मातहतमा रहेको सौर्य ग्रुप आधिकारिक विक्रेता रहेको जेएमसि एक चाइनिज सवारी साधन कम्पनी हो । फो व्हिल डाइभ भएको भिगस् प्लस् मोडलको पिकअपजस्ता अत्याधुनिक र गुणस्तरका गाडी उत्पादन गर्ने जेएमसिले चीनको बजारमा बलियो प्रभाव पार्न सफल बनिसकेको छ । चीनमा जेएमसिका ट्राभलर भ्यान र कार्गो ट्रकलगायतका अन्य अरु सवारीसाधन पनि उपलब्ध रहेका छन् । चिनियाँ बजारको सफलतापछि नेपाल भित्रिएको जेएमसिले आगामी दिनमा नेपालभित्र अन्य अरु मोडलका गाडी भित्राउने योजना राखेको जनाएको छ ।

 

प्रकाशित: Jun 23, 2023| 18:12 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्