आइतबार, वैशाख २७, २०८३

मुटुमा पेसमेकर राखिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति पौडेल २ असारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। 
 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

National life

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले निकालेको विज्ञप्तिमा राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको हो। 

राष्ट्रपति पौडेल २ असारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। उनको मुटुको शल्यक्रिया गरेर पेसमेकर राखिएको छ।

प्रकाशित: Jun 23, 2023| 15:51 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्