बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकद्वारा अंगभंग भएकाहरूलाई कृत्रिम अंग प्रदान

सनराइज बैंकद्वारा अंगभंग भएकाहरूलाई कृत्रिम अंग प्रदान

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं- सनराइज बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मधेश प्रदेशको वीरगञ्जमा अंगभंग भएका २० जानलाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेको छ।

National life

रोटरी क्लब, वीरगञ्जमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई रु २ लाख ७५ हजारको चेक हस्तान्तरण गरे।

उक्त रकमले २० जनालाई कृत्रिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृत्रिम अंग निशुल्क प्रदान गरिएको थियो। कृत्रिम अंग प्राप्त गर्ने व्यक्तिहरु सहयोगले खुशी हुँदै सनराइज बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए।

कार्यक्रममा सीएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगञ्ज शाखा प्रमुख केदार सिंहको उपस्थिती थियो। सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, सिपमुलक तालिम, वित्तीय साक्षरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ।

 

प्रकाशित: Jun 23, 2023| 18:27 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्