बुधबार, साउन २७, २०८३

यस पटकको राष्ट्रिय कविता महोत्सवबाट समावेशी चिन्तनको थालनी

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष गर्दै आएको राष्ट्रिय कविता महोत्सव असार ९ गते गर्न लागेको जनाएको छ। प्रतिष्ठानका कुलपति भूपाल राईले यस वर्षदेखि कविता महोत्सवमा समावेशी चिन्तनको थालनी गर्न लागिएको जनाए।

प्रतिष्ठानले ६६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता माहोत्सव र समावेशी चिन्नको थालनी विषयक छलफल तथा विमर्श कार्यक्रम शुक्रबार आयोजना गरेको छ। कार्यक्रममा कुलपति राईले वि.सं २०२२ सालबाट शुरु भएको कविता महोत्सवमा यसअघि नेपाली भाषाको कवितामात्रै समावेस गर्ने गरिएको थियो, तर अब यस वर्षदेखि महोत्सवकै रुपमा नेपालमा बोलिने सबै भाषाको कवितालाई समावेश गरेको बताए।

शनिबार हुन लागेको महोत्सवमा विभिन्न भाषाका २५ वटा कवितालाई वाचनको लागि छनौट गरिएको प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले जानकारी दिए। उनले वाचित २५ कवितामध्येबाट उत्कृष्ट १० वटा कवितालाई पुरस्कृति गर्ने बताए। यसअघि राष्ट्रिय कविता महोत्सवमा ३ वटा कवितालाई प्रथम, द्वितीय, तेस्रो र सान्त्वना पुरस्कारमात्र प्रदान गर्दै आएको थियो।

कार्यक्रममा राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी विषयमाथि लेखक भोगीराज चाम्लिङले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्रमाथि लेखक ज्ञानु अधिकारी र गुरुङ सुशान्तले टिप्पणी गरेका थिए।

कार्यक्रममा उपकुलपति विमलकृष्ण क्षेष्ठ, प्राज्ञ परिषद् सदस्य राजन मुकारुङ, बाबा बस्नेत, कौशला रिजाल, हंसा कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान वनेपालीलगगायत लेखक–कविहरुको उपस्थिति रहेको थियो।

 

प्रकाशित: Jun 23, 2023| 18:24 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।