आइतबार, भदौ २१, २०८३

कांग्रेस बागमती प्रमुख सचेतकमा महर्जन नियुक्त

 |  शुक्रबार, साउन ३०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन्।

मुख्यमन्त्री तथा कांग्रस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले महर्जनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

प्रमुख सचेतक कञ्चनचन्द्र बादे आज शुक्रबार सामाजिक विकास मन्त्री बनेपछि उनको ठाउँमा महर्जनलाई नियुक्त गरिएको संसदीय दलका सदस्य सचिव मदनकृष्ण महर्जनले जानकारी दिए।

नेता बानियाँले काभ्रेका बादेलाई गत २३ साउनमा मात्रै प्रमुख सचेतकमा नियुक्त गरेका थिए।

सत्तारुढ दलका प्रमुख सचेतकलाई राज्यमन्त्री सरह सुविधा हुनेछ।

हाल प्रमुख सचेतक नियुक्त महर्जन ७ जेठ २०८० मा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा पर्यटन, उद्योग तथा सहकारी मन्त्री भएका थिए।

प्रकाशित: Aug 15, 2025| 20:26 शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्