शनिबार, वैशाख ६, २०८२

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
 |  बुधबार, कात्तिक ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

vianetvianet

भक्तपुर– मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा आज मनाइएको छ। नेवार भाषामा खाँः भनेर चिनिने जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजु मन्दिरमा जमरा राखेर सुरु भएको थियो।

triton college

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ। 

नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुभिण्डोलाई बाजागाजाका साथ विगुल फुक्दै लायकू दरबारबाट दिगुभैरव परिक्रमा गरी बालकुमारी ल्याइएको थियो।

आज एकादशीका दिन तीन जना पमा (थकाली), बाजा बजाउने कुस्ले, कपाली, मुखुण्डो लगाएर तरबार बोक्ने र माला बोक्ने कुटु, विगुल फुक्ने, राजदण्ड समाउने नाइके र राजोपाध्यायसहितको संलग्नतामा जात्रा निकाल्ने गरिन्छ।  

बाजागाजासहित लायकूबाट ल्याइएको कुभिण्डोलाई बालकुमारीअगाडि कर्माचार्यले पूजा गरी थकाली (पमा) ले काटेका थिए। कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुख शान्ति हुने र ती टुक्राले औषधीको समेत काम गर्ने जनविश्वास रहि आएको छ।

National life insurance

प्रकाशित: Oct 25, 2023| 13:59 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।
वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।