बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भारत र नेपालबीच रहेको सम्बन्ध संसारमा अन्य कुनै मुलुकमा छैन : पूर्वउपराष्ट्रपति झा

भारत र नेपालबीच रहेको सम्बन्ध संसारमा अन्य कुनै मुलुकमा छैन : पूर्वउपराष्ट्रपति झा

 |  शुक्रबार, साउन ३०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०८२

काठमाडौं । प्रथम पूर्वउपराष्ट्रपति परमानन्द झाले भारत र नेपालबीच रहेको सम्बन्ध संसारमा अन्य कुनै मुलुकमा पनि नरहेको बताएका छन्।

National life

शुक्रबार भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भाषा, संस्कृति लगायत हरेक कुरामा भारत र नेपालबीचमा रहेको सम्बन्ध संसारमा कतै नभएको भन्दै नेपाल र भारतको खुला सिमानाको कारणले गर्दा पनि यो सम्बन्ध भएको बताए। 

उनले भने, ‘भारत र नेपालको सन्दर्भमा जति कुराहरु गरे पनि कहिले पनि सकिने र अन्त्य हुने यसको अवस्था छैन। भारत र नेपालबीको सम्बन्ध अभूतपूर्व छ । भाषा, संस्कृति लगायत हरेक कुरामा भारत र नेपालबीचमा रहेको सम्बन्ध संसारमा कतै छैन्। नेपाल र भारतको खुला सिमानाको कारणले गर्दा पनि यो सम्बन्ध राम्रो भएको हो।’

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाल र भारतमा भएका अधिकारका लडाइहरुमा दुवैको देशका जनताको उत्तिकै हात रहेको भन्दै भावनात्मक रुपमा दुई देश जोडिएको बताए।
 
उनले भने, ‘भारतका नेताहरु नेपालमा बसेर त्यहाँबाट समाजवादी नेता जयप्रकाश नारायण देखि विभिन्न नेताहरु भारत छोडो आन्दोलन चलाएका थिए। यो दुवै देशको जनताको अधिकारमा भारतको आजादीको कुरामा दुवै देशका जनताहरु एक आपसमा यसरी मिलेर लडेका थिए कि भारतको आजादी पनि आफ्नै आजादी माने। नेपालको जनताको अधिकार प्राप्तिलाई पनि भारतका नेताहरुले आफ्नै कर्तव्य ठाने। यो भावनाको दौड निकै महत्वपूर्ण रहन्छ।’

सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले पनि नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको भन्दै दुई देशको धर्म र संस्कृति पनि एउटै मूलबाट निस्किएको बताए।

Laxmi sunrise bank

प्रकाशित: Aug 15, 2025| 19:48 शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्