आइतबार, असार २८, २०८३

'डिजिटल नेपाल कन्क्लेभ २०२३' काठमाडौंमा सुरु

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं- डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौंमा सुरु भएको छ। आईसीटी फाउन्डेसनको आयोजनामा दुई दिनसम्म चल्ने उक्त अन्तर्राष्ट्रिय कन्क्लेभको शुक्रबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतले उद्घाटन गरे।

‘फस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ नारासहित आयोजित कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत र बंगलादेशका विज्ञहरूको उपस्थिति छ। कन्क्लेभमा ६० बढी बक्ताहरूले नेपालको सातै प्रदेशमा डिजिटल क्षमताको अवस्थाबारे उल्लेख गर्ने छन्। कन्क्लेभमा ‘डिजिटल प्रदेश परिदृष्य’ नामक पुस्तक विमोचन गरिने आयोजकले जनाएको छ।

 

प्रकाशित: Jun 23, 2023| 18:40 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्