नेपाली युवा क्रिकेट टोलीले आज विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को सामना गर्दै छ। ५० ओभरको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ः१५ देखि सुरु हुनेछ।
रेलमार्गबिना सडकको बाटोबाट मात्रै चीनसँग गरिएको पारवहन सुविधाको सम्झौताबाट नेपालले पूर्णरूपमा फाइदा लिन असम्भव छ। केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको सुनिश्चितता बिना सिगात्से-केरुङनाका रेलमार्ग चिनियाँ पक्षको प्राथमिकतामा नपर्न सक्छ।
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक यही आइतबार (भोलि) देखि...
दैलेखको नौमूले गाउँपालिकामा ओझेलमा परेका कला संस्कृतिलगायत धार्मिक स्थलहरुको प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले नौमूलेमा ‘नौमूले कला संस्कृति तथा संरक्षण कार्यक्रम’ हुने भएको छ।
नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ। नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
काभ्रेपलाञ्चोकमा टिपर पल्टिँदा चालकको ज्यान गएको छ। धुलिखेल नगरपालिका-११, बीपी राजमार्ग खण्डको पात्लेखेतमा टिपर दुर्घटना हुँदा सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
फरवार्ड भरत खवासले नेपाली राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार घोषणा गरेको २३ सदस्यीय टोलीमा भरत र एलेन न्यौपानेले पुनरागमन गरेका हुन्।